Home - पृष्ठभूमि

पृष्ठभूमि

त्यहाँ ५ लाख नेपाली प्रवासी श्रमिकहरू विश्वभर फैलिएका छन् – धेरै जसो मलेशिया, सऊदी अरब, कतर र संयुक्त अरब इमिरेट्स (तल नक्सामा हेर्नुहोस्) तिर छन तर अरू जहाँ सम्म जापान, कोरिया, र इजरायल तिर छन।

तिनीहरूको गन्तव्यमा प्राय खाडी मुलुकहरू छन् जसमा उनीहरूले अप्ठेरो मौसम सहित चरम भौतिक अवस्थाहरू भित्र काम गर्नुपर्छ। तथापी यो चिन्ताको बिषय भएता पनि नेपाली श्रमीकहरु बिदेशी भुमिमा कठिन र खतरनाक कामको मागमा सामिल छन, तितो सत्य यो हो कि यसरी प्रवासी श्रमीकहरुले कडा मेहेनत गरेर कमाएको पैसा नेपाली अर्थब्यवस्थाको प्रमुख योगदानकर्ता हुन। हाल राष्ट्रिय जिडिपीको एक तिहाइ बिप्रेषणको हिस्सा रहेको छ। तैपनि श्रमिकहरुले नेपाल सरकारबाट कम सहयोग पाउँछन्। यस्को अलावा, अनुपास्थित नागरिकको रुपमा उनिहरुले मतदान गर्ने अधिकार छैन र यस प्रकार प्रवासी श्रमिकको मुद्दा बाट सम्बन्धित नेपाली निती तथा राजनीतिमा सिमित आवाज रहेको छ।

यी प्रवासी श्रमिकहरू प्राय: सरकारी नीति र रणनीतिहरूबाट अनजान छन। उनिहरुलाई जागरूकताको आवश्यकता रहेको छ, उनिहरुको आवाज कानुन निर्माताहरुको कान सम्म पुग्न जरुरी छ, र सबै भन्दा महत्वपूर्णकुरा उनिहरुले घर बाट टाढा काम गर्न जादा सुरक्षित महसुस गर्नु पर्दछ। छोटकरिमा भन्नु पर्दा, यो नै हो श्रमिक संजालले लक्ष र प्राप्त गर्ने इच्छा राख्दछ। हामी केही बर्ष देखी विश्व भरी रहेका नेपाली नागरिक बिच प्रवासी श्रमिक संजाल निर्माण गर्ने कार्य गरी राखेका छौ।