
कतारमा फिफा बिश्वकप सुरु हुन एक बर्ष बाँकि छ । कतारले २२ नोभम्वर २०२१ का दिन एक कार्यक्रम आयोजना गरि बिश्वकप सुरु हुन एक साल बाकि रहेको भनेर कार्यक्रम आयोजना भयो । कतारमा निकै गर्मी हुने र यसले दर्शकलाई असर पर्ने भनेर फिफाले केहि बर्ष पहिले नै खेल समय परिर्वतन गरेर जाडो मैसममा खेल आयोजना गर्न अनुमती दियो ।
जति जति फिफा बिश्वकप नजिकदै जान्छ त्यती त्यती कतार माथी अन्र्तराष्टिय संघ संस्था र मिडियाहरुको दवाव बढन थाल्छ । कारण त्यहाँ कार्यरत आप्रवासी श्रमिकहरुको आवाजलाई लिएर । यसले न्युन आय भएका लाखौं आप्रवासी श्रमीकलाई राहत मिलेको छ ।
१९ नोभम्वर २०२१ का दिन आईएलओले एक रिर्पोट सार्वजनिक गर्यो रिपोर्टको एक भागमा “हिट स्ट्रेस र व्यावसाय जन्य दुर्घटना”। युवा उमेर समुहका आप्रवासी श्रमिकहरु प्राकृतिक र हृदयघातका कारण मृत्यु भइरहेको विवरण सार्वजनिक भएपछि कतार माथी हिट स्ट्रेस वा कामसँग सम्बन्धित कारणमध्ये कुन कारणले श्रमिकको मृत्यु भएको हो पत्ता लगाउन र मृतकको शव पोसमार्टम गर्न अन्तराष्ट्रिय दबाब छ । आइएलओको प्रतिबेदन अनुसार ठुलो संख्यामा आप्रवासी श्रमिकहरुको मृत्यु अत्याधीक गर्मीले भएको हो वा काम सँग सम्बन्धित कारणले हो त्यो छुट्याउन निकै चुनौतिपुर्ण देखिएको छ । प्राकृतीक र हृदयघातबाट मृत्यु भएका कामदारहरुको न त क्षति पुर्ती न पोस्टमार्टम नै भनेर रिपोर्ट सार्वजनिक भयो । अधिकाशं आप्रवासी कामदारहरुको राती सुतेको अवस्थामै मृत्यु हुने गरेको छ ।
मृतकको शव पोस्टमार्टम नहँदा के कारणले ज्यान गयो त्यो थाह हुन्न । यसरी सुतेकै अवस्थामा ज्यान गएको खण्डमा त्यस्ता मृतकका परिवारले क्षतीपुर्ती पाउँदैनन । एउटा स्वस्थ युवा राती सुतेर भलीपल्ट बिहान काममा जाने बेलामा उठदैन र सुतेको सुतै हुन्छ भने त्यस्ता युवाको ज्यान के कति कारणले गएको होला भनेर कतार आफैंले खोजि नीती एवंम अनुसन्धान गर्नु पर्ने हो । कतार सरकार आफु पन्छीनकोलागि दोष आप्रवासी श्रमीकको परिवारलाई थोपरेर पोस्टमार्टमकोलागि परिवारको सहमती पाउनै मुस्कील भयो भनेर पन्छीन खोजेको जस्तो भान भयो । जवकी कतारमा आपराधीक कृयाकलापमा मारिएकाको बाहेका अन्यको हकमा भने परिवारको सहमती बिना पोस्टमार्टम हुदैन । एउटा युवाले के कति कारणले ज्यान गुमायो त्यसको खोजि निती गर्नु पर्यो पोस्टमार्टम गर्न परिवारको सहमती चाहिएमा परिवार संग सहमती लिनु पर्यो प्राय परिवारले सहमती दिन्छन नै । परिवारलाई पनि चासो र चिन्ता कै बिषय हो मेरो मान्छे ले के कति कारणले ज्यान गुमाएको रहेछ भनेर । पोस्टमार्टम पछि सबै कुरा रिपोर्टमा आएपछि परिवारको पनि मन हल्का हुन्छ । मृत्युको कारण खुलेर सबै प्रकारका मृत्युमा परिवारले क्षति पुर्ती पाउने व्यावस्था हुनु पर्दछ ।
एउटा श्रमीकलाई भर्ना गरेर कतार लैजाने बेलामा उसको स्वास्थ्य परिक्षण गरेर स्वस्थ भएको खण्डमा उ कतार जान योग्य हुन्छ भने कतारमा ज्यान गुमाउदा पनि उसको के कति कारणले ज्यान गएको हो त्यसको खोजि निती हुनै पर्छ । सुरक्षित भबिश्यको खोजि गर्दै परदेशिएका युवाहरु पछिल्लो एक दशकमा अर्थात २०१० देखि २०२१मा कतारमा १८ सय ८४ जना युवाको ज्यान गयो । जसमा ८ सय ९४ जनाको प्राकृतीक र हृदयघात बाट ज्यान गएको छ । कार्यस्थलमा परेर ज्यान गुमाउनेको शंख्या १ सय ८४ रहेको छ । कतारमा कार्यस्थल र सडक दुर्घटनामा परेर ज्यान गुमाएकाहरुलाई मात्र क्षतिपुर्ती दीलाउने व्यावस्था छ । क्षतिपुर्ती बापत उनिहरुको परिवारले २ लाख रियाल पाउने ब्यावस्था श्रम कानुनमा छ ।

कतार संग सन २००५ यता दुई देश बिच श्रम सम्झौता हुन सकेको छैन । १६ बर्ष पहिले र अहिलेको अवस्था धेरै नै परिर्वतन भैसकेको छ । कतार सरकारले सबै आप्रवासी कामदाहरुको न्युनतम ज्याला तोकीदीएको छ यसले गर्दा नेपाल सहितका अदक्ष कामदार पठाउने मुलुकहरुका युवाहरुलाई केहि राहत त पुगेको छ तर बढदो मुल्य बद्धी र कमाइको अनुपातको हिसाव गर्ने हो भने त्यो दैनिक घर खर्च चलाउनलाई मात्र पुग्ने देखिन्छ । यसर्थ नेपालको कुटनैतिक ढीलासुस्तीले गर्दा लाखैं नेपाली युवाहरु न्युन आयमा आफ्नो परिश्रम बेच्न बाध्य भएकाछन र धेरै अवसरहरुवाट बन्चीत हुन पुगेकाछन ।