Logo
  • Home
  • Our Movement
    Organizing
    Organizing
    Direct Support
    Direct Support
    Empowerment
    Empowerment
    Representation
    Representation
  • Our Voices
    Report
    Report
    Purano Panna
    Purano Panna
    Photo Story
    Photo Story
    Story & Articles
    Story & Articles
    Videos
    Videos
    Statements
    Statements
  • Join Us
    • Become Member
    • Career
  • About Us
    Vision Mission and Values
    Vision Mission and Values
    How we evolve?
    How we evolve?
    Our Network
    Our Network
    Shramik Chautari
    Shramik Chautari

‘नारायणहिटी’को राहदानी विभागः सर्वसाधारणलाई हैरान र सकस

January 16, 2026
महेश्वर नेपाल
‘नारायणहिटी’को राहदानी विभागः सर्वसाधारणलाई हैरान र सकस

नेपाल सरकारको परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी बिभाग नारायणहिटीमा छ। राहदानी बिभागबाट ‘छोटो समयमा बनाइने राहदानी’को नबिकरण गर्ने गरिन्छ। नेपालको एक ठाउँमा मात्र यस्तो सुबिधा भएकोले देशभरबाट यहाँ अत्याधिक संख्यामा सेवाग्राहीहरु आउछ्न। बिदेश जान चाहिने हरेक प्रमाणपत्रहरु यहीँ प्रमाणिकरण गरिन्छन्। त्यसैले त यहाँ आफ्ना कागजात प्रमाणिकरण गर्नका लागि बिदेश जाने विद्यार्थी, गृहिणी, श्रमिकदेखी ब्यापारिहरूसम्मको लाइन लाग्ने गर्दछ।

फोटोकपीकै लागि सकसपूर्ण लाइन

नेपाल सरकारको राहदानी बिभाग काठमान्डौंको कान्तिपथ नारायणहिटी (पहिले राजदरबार)मा छ। तर यहाँ सेवाग्राहीहरूका लागि फोटोकपीजस्तो सामान्य सेवा सहजै उपलब्ध छैन। फोटोकपी नजिकै नहुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन। दोलखाकी निरु थामी राहदानी बनाउनका लागि यहाँ आएकी हुन। उनले जिल्लाबाटै आफ्नो राहदानीका लागि सिफारिस र अनलाइन प्री–इनरोलमेन्ट (अनलाइनमै राहदानीका लागि फारम) भरिन्। उनले सोचिन्, ‘अब सिधै सरकारी कार्यालयमा गएर राहदानिका लागि कागजात बुझाउँछु।’ तर उनी बाहिरी ढोका सम्म पुग्नै साँढे १ घण्टा लाइन बसिन्। गेटमा कागजात हेरियो। उनको कागजातमा नागरिकताको फोटोकपी छुटेछ।

अब उनले फोटोकपी गर्ने ठाउँ खोज्नुपर्यो। उनले सुरक्षाकर्मीले फोटोकपी गर्न जाने ठाउँ देखाइदिए। फोटोकपीका लागि राहदानी विभाग वरपर थोरै मात्र पसलहरू छन्। कि त कान्तिपथतर्फ करिब १० मिनेट पैदल हिँडनुपर्छ, कि त ठमेलको संचयकोष भबन नजिकको अर्को फोटोकपी पसलमा जानुपर्छ। कहिल्यै यस स्थानमा नआएकी उनी अलमलमा परिन्। ठमेलतर्फ जानका लागि हिँडिन् तर बाटो काट्नै खोज्दा केशरमहलको गेट नजिकै जेब्रा क्रसिङमा ट्राफिकले ५ मिनेटजति रोके। पारि तरेपछि फेरी अर्को सडक क्रस गरेर बल्ल फोटोकपी गर्ने ठाउँ पुगिन्। तर त्यहाँ पनि भित्र छिर्नै नसकिने भिड रहेछ। १ कपी फोटोकपीका लागि उनी झन्डै १५ मिनेट उभिइन्। राहदानी विभागअघि उभिएकी उयनले उनले भनिन्, ‘फोटोकपी त गरेर ल्याएँ। अघि नै साढे एक घण्टा लाइन बसेको, खेर गयो। अब फेरि कति बस्नुपर्ने हो। बिहान देखी लाइन बसेको १२ बज्यो, तनाब भयो। आज मेरो काम सकिँदैन कि क्या हो।’

बाराको कलबिर हुसेनको कथा करिब उस्तै छ। अघिल्लो रात राम्ररी नसुतेका उनी बिहानै ४ बजे बारास्थित घरबाट काठमाडौंका लागि निस्किए। नाइटबसमा बिहान ९ बजे कलंकी झरे। राहदानी विभागमै भेटिएका हुसेन भन्छन्, ‘कलंकीमै चियानास्ता गरेर राहदानीको नबिकरणको लागि सिधै यता आएको। पुरानो राहदानीको फोटोकपी एउटै पेजमा हुनु पर्ने भने कर्मचारीले। एउटै फोटोकपीका कारण आज काम नसकिएला जस्तो छ।’ उनी भन्छन्, ‘यहाँ नयाँ राहदानी बनाएपछि श्रम नबिकरण गरेर साउदी जाने भनेको अर्को साता, खोइ फोटोकपीकै कारण फेरी लामो लाइन बस्नु पर्ने भयो।’

बैतडीका दिपक सुनुवार युनाइटे अर इमिरेट्स (यूएयी)मा काम गर्छन्। उनी यूएयीबाट छुट्टी आएको १ महिना भयो। नयाँ राहदानी बनाएर मात्र यूएयी फर्कने भनेको अब ४ दिनपछि यूएयी फर्किने टिकट छ। तर उनीसँग नयाँ राहदानी छैन। ‘त्यो बेलासम्म नयाँ राहदानी मिल्ला कि नमिल्ला? हिजै टोकन लिएको हिजै, कागजात हेरिदिएको भए नि हुने आज पो यो राहदानीको फोटोकपी एउटै पेजमा लिएर आईज भनेर कर्मचारीले गेटबाटै फर्काए,’ सुनुवार बताउँछन्। हेर्नुस् न, फोटोकपिका लागि भित्रै छिर्नै नसकिने भिड छ। ५ रुपैयाँको १ कपी फोटोकपीका लागि यात्रो हिडेर यहाँ आउनु प¥यो। कमसेकम गेटतिरै वा नजिकै फोटोकपी भएको भए कति सजिलो हुन्थ्यो।’

राहदानीका लागि अनलाइन फर्म भर्न ३ घण्टा

रौतहटकी जुना थारु हातमा ४३ नम्बरको टोकन लिएर बसेकी छिन्। उनी १० बजे ठमेल पस्ने दोबाटो संचयकोष भबन नजिक निर्माणाधिन भबन (अनलाइन फर्म भने पसल) मा आईपुगेकी हुन। १५० सेवाशुल्क दिएर राहदानी नबिकरणका लागि अनलाइन फारम (प्री–इनरोलमेन्ट)भर्न लाइन बसेको ३ घण्टा भयो। अझै उनको नाम आएको छैन। जुना भन्छिन्,’ बल्ल ३९ नम्बरको पालो आयो रे। मेरो त अझै ३ जना पछि आउँछ। आज राहदानीको लागि कागजात बुझाउन पाइएला कि नपाईएला, थाहा छैन। गार्हो रहेछ यहाँ त। जिल्लामा त सजिलै हुन्थ्यो।’

त्यस्तै, सिन्धुलीकी सानु तामाङ १५० रुपैँया बुझाएर नजिकै निर्माणाधिन भबनको काठको थुप्रोमा बसेकी छिन्। उनको टोकन नं ६४ रहेछ। सानु भन्छिन्,‘मेरो त आज यही अनलाइनको फारम पनि बन्छ कि बन्दैन होला।’ आजै सिन्धुलीबाट आएकी सानु भन्छिन्,‘कमसेकम यस्तो भिडभाड हुने ठाउँमा ४–५ वटा फोटोकपी र राहदानीका लागि अनलाइन फारम भर्ने ठाउँ भएको भए काम छिटै सकिन्थ्यो। अब काम पनि सकिएन कहाँँ बस्ने होला? होटलमा बस्न पनि खर्च धेरै लाग्छ।’

जनकपुरका बिनय ठाकुर आफ्नो अनलाइन फारम कुरेर बसेको २ घण्टा भएको बताउछन। उनी भन्छन्, ‘न नजिकै पालो कुरेर बस्ने ठाउँ छ, न हामी जस्ताले खाने खालको सामान्य होटलहरू भेटिन्छ यो ठाउँमा। यत्रो भिड हुने ठाउँमा जम्मा एउटा फोटोकपी गर्ने ठाउँ छ। हेर्नुस् न मान्छेको लाइन। कोरोना–कोरोना भन्छन्, यस्तो भिड भएपछि किन कोरोना नबढ्नु।’ अझ सप्तरीका राम ठाकुरलाई त राहदानी बनाउनका लागि अनलाइन फारम चाहिन्छ भन्ने पनि थाहा थिएन। उनी भन्छन्, ‘उतै (जनकपुरतिरै) राहदानी ३ दिनमा आउने बनाएको भए कति सजिलो हुन्थ्यो? आज कामै नसकिने भो। होटलमा बस्न–खाना महंगो छ। के गर्ने काम सक्नै समय लाग्ने भयो।’

नाम फरक हुँदा समस्या

पर्साका अफ्जल आलाम पहिले साउदी अरबमा काम गर्थे। अहिले छुट्टीमा आएका हुन। उनी सेल्सम्यानका रूपमा काम गर्थे। कमाइ राम्रै छ। तर अहिले उनको नागरिकता र राहदानीमा नाम फरक हुँदा समस्यामा छन्। उनको नागरिकताको नाममा AALAM र राहदानीमा ALAM मात्र छ। ‘अब के कुरालाई सही मान्नु? म साउदी जाँदा पुरानो राहदानीमा ALAM नै थियो। अहिले जिल्ला प्रशासनले नाम परिवर्तन गर्न मिल्दैन भनेर नागरिकता अनुसार नै सिफारिश दियो। अब कसलाई कहाँ गएर सोध्नु र मिल्ने बनाउनु?,’ आलाम आफ्नो दुखेसो पोख्छन्। साउदी अरबको सबै परिचय (अकामा) बैंक कार्डहरु र भिसामा समेत ALAM लेखिएको छ। आलाम थप्छन्, ‘यहाँ(राहदानी बिभागमा)रहेका हाकिमकोमा गएर नागरिकतामा जे भए पनि पुरानो राहदानी अनुसार नयाँ राहदानी बनाईदिन अनुरोध गर्नु पर्ला। नत्र साउदी अरब गएपछि त्यहाँ समस्या पर्न सक्छ।’

पार्किङको समस्या उस्तै

राहदानी बिभागमा पुग्ने सेवाग्राहीले पाउने अनेकौँ झन्झटमध्ये अर्को हो, पार्किङको समस्या। पार्किङका कारण ठुलो समस्या परेको चितवनका रोशन गुरुङ बताउँछन। गुरुङ भन्छ,’ बिहान ९ बजेदेखी घण्टाको हिसाबले पैसा तिर्नु पर्ने पार्किङ पाइयो। त्यो पनि राहदानी विभागबाट हिँडेर १२ मिनेटजति लाग्छ त्यहाँ पुग्न। भर्खरै त्यहाँ मोटरसाइकल राखेर आएको छु। अझै काम सकिन कति समय लाग्ला, थाहा छैन। आज त ६–७ घण्टाकै पार्किङ शुल्क तिर्नु पर्ने भो।’

त्यस्तै शंखमुलका रिना श्रेष्ठ भन्छिन्, ‘स्कूटर पार्क गर्ने ठाउँ नपाएरै हैरान ! बल्लबल्ल धेरै पर पार्किङ गरेर आएँ। उति पर, स्कूटर हराए के गर्नु?’ कतारको एक मल्टिनेशनल कम्पनीको फेसन सपमा काम गर्ने रिना आज दोश्रो दिन आएकी हुन् यहाँ। उनी भन्छिन्, ‘हिजो लाइन बस्दाबस्दा बल्ल आजको लागि टोकन पाईयो। आजचाहिँ अब भित्र पस्ने समय भयो। १ घण्टामा काम सकिएला कि !’

Related Story and Articles

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

श्रमिक: मेसिन कि मानव पुँजी?

श्रमिक: मेसिन कि मानव पुँजी?

फेरि आयो यूएईमा मोबाइल वार्निङ!

फेरि आयो यूएईमा मोबाइल वार्निङ!

मैलो श्रमिक, सुकिलो श्रमिक

मैलो श्रमिक, सुकिलो श्रमिक

विदेश जाने युवकहरू 'राम' नै हुन् त?

विदेश जाने युवकहरू 'राम' नै हुन् त?

Get In Touch

Kathmandu, Nepal
+977-1-5915740
+977-9851322853
info@shramiksanjal.org
shramik.sanjal@gmail.com

Embassy of Nepal

  • Doha, Qatar
  • Abu Dhabi, UAE
  • Kuwait City, Sate of Kuwait
  • Riyad, Saudi Arabia
  • Muscat, Oman
  • Manama, Bahrain
  • Kuala Lumpur Malaysia

Useful Links

  • Foreign Employment Board
  • Ministry of Employment Labor and Social Security
  • Department of Foreign Employment
  • National Human Rights Commission
  • Department of Consular Services
  • Social Security Fund

Newsletter

Don't miss the latest news

Signup For Our Latest Updates and Newsletter

Copyright ©2026 Shramik Sanjal, All rights reserved.