Logo
  • Home
  • Our Movement
    Organizing
    Organizing
    Direct Support
    Direct Support
    Empowerment
    Empowerment
    Representation
    Representation
  • Our Voices
    Report
    Report
    Purano Panna
    Purano Panna
    Photo Story
    Photo Story
    Story & Articles
    Story & Articles
    Videos
    Videos
    Statements
    Statements
  • Join Us
    • Become Member
    • Career
  • About Us
    Vision Mission and Values
    Vision Mission and Values
    How we evolve?
    How we evolve?
    Our Network
    Our Network
    Shramik Chautari
    Shramik Chautari

विदेश जाने युवकहरू 'राम' नै हुन् त?

January 16, 2026
Sadbhav Nepali
विदेश जाने युवकहरू 'राम' नै हुन् त?

‘हाम्रो कथा गाउँलेलाई के थाहा ? गाउँलेको कथा हामीलाई के थाहा? आजकालका सीताहरू दिउँसै रावणलाई घरमा बोलाउँछन्। बिचरा कतारमा बस्ने रामलाई के थाहा ?’

‘लोग्ने हिँड्यो साउदीका खाडीमा, स्वास्नी हिँडी अर्कैको गाडीमा! फल्यो निमपत्ता, ३ सालमा फर्किँदा बुढी बेपत्ता !!’

नेपालका हाइवे र प्रमुख शहरहरूमा हिँड्दा डुल्दा साना या ठूला ट्रक या सार्वजनिक बसका पछाडि यदाकदा हामी यस्ता लोक सिर्जना पढ्न पुग्छौँ। यस्ता साहित्य पढ्ने बित्तिकै हामीमध्ये धेरैलाई लाग्छ पनि: नेपालका धेरै युवाहरू वैदेशिक रोजगारीमा छन् र तिन श्रीमतीहरू भने यता परपुरुषसँग रमाइरहेका छन्।

यस्ता अनुमानलाई आड पुर्‍याउने खालका कथा तथा समाचारहरू बेलाबेला मिडियामा हामीले हेडलाइन पढ्न र सुन्न पनि पाएकै छौँ: नेपालमा सम्बन्ध विच्छेदको दर बढ्दो, विदेशबाट लोग्नेले पठाएको पैसा लिएर श्रीमती अर्कैसँग बेपत्ता। अझ टिकटक र युट्युबमा 'भ्युज' बटुल्न लागि जेसुकै खिच्न तयार महानुभावहरूले वैदेशिक रोजगारीमा गएका युवाका यता रहेका श्रीमतीका केही विवाहोत्तर सम्बन्धबारे 'सनसनीपूर्ण सम्बन्धबारे खुलासा' गर्छन्, तब हाम्रा पूर्वाग्रही धारणाहरूले झनै बल पाउँछन्।

तर साँच्चै के ट्रकका सायरीमा उल्लेख भएझैँ र समाचारका हेडलाइनमा उल्लेख गरेझैँ नै देशव्यापी रूपमा विदेशिएका श्रीमानका श्रीमतीहरू विवाहोत्तर सम्बन्धमा छन्? लोग्ने विदेश जाने बित्तिकै 'मौका यही हो' भन्दै श्रीमतीहरूले अरूसँग सम्बन्ध राख्ने विषय महामारीझैँ फैलिएको हो? टिकटक र भाइरले जनहरूका कुरा सुन्दा यस्तै प्रतीत हुन्छ। तर उता कतार र दुबई पुगेका रामहरूका हर्कतबारे हाम्रो समाज बेखबर भएझैँ बुझिन्छ।

आफ्नै वैदेशिक अनुभवबारे बताउँ। म विगत आधा दशक यता युएइको राम्रो कम्पनीमा काम गरिरहेको छु। र, यसबीचमा केही 'राम'हरू भेटें। तपाईँलाई खुसुक्क आफ्ना तिनै 'राम' मित्रहरूका रावण हर्कतबारे बताउन चाहन्छु। यति भन्दै गर्दा के कुरा प्रस्ट गरौँ भने रावणलाई रामायणमा गलत चित्रण गरिए पनि उनी समग्रमा इमानदार पात्र थिए। महिलालाई सम्मान गर्थे। आफ्नी बहिनीको नाक काटिएको बदलाकै लागि सीता अपहरण गरेर उनले गलत काम पक्कै गरेका थिए, तर अपहरित सीताको भने कहिल्यै मानमर्दन गरेनन्। कथाकै कुरा पत्याउने हो भने उनी एउटा साम्राज्यको राजा थिए। उनले चाहँदा अपहरित महिलामाथि गलत हर्कत गर्न सक्थे, तर त्यसो नगरी उनी सदाचारी ठहरिए।

फेरि फर्कौँ खाडी र अन्य देशमा पुगेका रामहरूबारे। नेपालीहरू आफ्ना विवशता र बाध्यताले नै खास गरी मलेसिया र अरबका देशहरूमा काम गर्न पुगेका हुन्। आर्थिक रूपमा आकर्षक गन्तव्य भए पनि, मानवीय गरीमा र स्वतन्त्रताका दृष्टिकोणले खाडी र मलेसिया उति आदर्श गन्तव्य पक्कै होइनन्।

तर त्यसो भन्दैमा खाडी जाने नेपाली पुरुषहरू सबै 'पुरुषोत्तम राम' नै हुन् त? उमेर पुगेका परिपक्व युवक हुन् या युवती, तीबाट हामीले 'उत्तम चरित्र'को अपेक्षा गर्न सक्छौँ त?

केही दृष्टान्त

झन्डै ३८ वर्षका मोरङका युवा थिए, मसँगै युइएको एक प्रतिष्ठित कम्पनीमा काम गर्ने। म जानुभन्दा पहिल्यै त्यस कम्पनीमा कार्यरत थिए। रसिक र फरासिला उनी धूम्रपान र मदिराका सौखिन थिए। साथीहरूमाझ प्रिय थिए। समय क्रममा हामी निकट भयौँ र मन मिलेकै कारण एउटै अपार्टमेन्टमा समेत बस्न थाल्यौँ। मेरा लागि युएइ नौलो थियो। यहाँ कसरी यात्रा गर्नुपर्छ भन्नेबारे समेत उति मेलो पाउँदैनथेँ। तर उनी मेरा सारथीझैँ थिए। मलाई सिकाउँथे।

नेपालमा उनका दुई छोरी र श्रीमती थिए। एउटी किशोर उमेरकी र अर्की त्यस्तै पाँच-छ वर्षकी। पछिल्लो पटक उनी नेपाल गएका थिए र नेपालबाट युएइ फर्केको झन्डै एक महिनापछि भन्दै थिए, 'श्रीमती गर्भिणी भइछन्।' अफिसबाट फर्केपछि उनी श्रीमतीसँग गफिइरहेका भेटिन्थे।

हामीसँगै फ्ल्याटमा अरू दुई नेपाली साथीहरू थिए। उमेरले सबै ३० देखि ४० सम्मका। एक थिए अर्घाखाँचीका। अर्घाखाँचीका युवा पनि हाम्रै कम्पनीमा काम गर्थे। नेपालमा उनका श्रीमतीसहित छोराछोरी थिए। उनी धार्मिक प्रवृत्तिका थिए, सिरानमुनि देवीदेवताको सानो मन्दिर नै झुण्याएका उनले त्यहाँ केही धार्मिक पुस्तकहरू समेत सजाएका थिए। उनी बिहानै उठ्थे, अरूसँग नबोलीकन देवीदेवतालाई पानी चढाउँथे। अल्लाहको त्यस राज्यमा उनी सानो कोठाको सानै मन्दिरमा सनातन-हिन्दू देवीदेवताको आरती र ध्यान गर्थे। खास धार्मिक दिनहरूमा धोती कछाड पहिरेर पूजामा जुट्थे। उनी आफ्ना बालबच्चा र श्रीमतीसँग पारिवारिक गफमा भुलिरहेका हुन्थे। मोरङका साथी र यी साथी एउटै कोठा स्यर गर्थे।

गुल्मीका साथी र सँगै कोठा 'स्यर' गर्थ्यौं। गुल्मीमा साथीचाहिँ कुनै चर्चित अन्तर्राष्ट्रिय कस्मेटिक कम्पनीमा मार्केटिङको काम गर्थे। हामी सबैको फ्ल्याट र भान्छा थियो। हामी सबै खाना खाने र पकाउने काम मिलेर गर्थ्यौँ। गुल्मेलीको केही वर्षअघि मात्र बिहे भएकाले बच्चाबच्ची भइसकेका थिएनन्। उनी पनि साँझतिर आफ्नी घरकी प्रेयसीसँग कुरा गरिरहेका हुन्थे।

समय क्रममा हामीबीच धेरै अन्तरंग कुरा हुन थाले। सँगै बजार डुल्ने हामीहरू बिहान या प्रातकालिन घुमफिरसमेत सँगै गर्थ्यौँ। म खासै रक्सी नपिउने भए पनि बेलाबखत हुने जमघटमा एक दुई पेग लिने गर्थें, त्यसले माहौललाई थप रोमाञ्चक बनाउँछ भन्ने ठान्थेँ। यद्यपि, म नैतिक रूपमा अहिले पनि रक्सी सेवनको विरोधी हुँ। अझ विदेशमा पसिना बगाउने श्रमिकहरूले रक्सी र महँगा भोजन होइन, सरल र स्वस्थ्य खानुपर्छ भन्ने ठान्छु। सादा जीवन, उच्च विचार।

कथा बुन्दाबुन्दै हामी निकै पर पुगिसक्यौँ, तर विदेशमा बस्ने 'राम'हरूको सद्चरित्रबारे हामीले पोको खोल्न भ्याएकै छैनौँ। अब खोलौँ पर्दा!

अर्घाखाँचीका साथी अत्यन्त 'आदर्श'का कुरा गर्थे। यौनका बारेमा समाज धेरै खुला हुनुहुँदैन भन्थे। तर युएइमा उनकी अतिरिक्त पत्नी थिइन्। फ्ल्याटमा आएको केही समयमा मैले यसबारे पत्तो पाएँ। पहिलो पतिसँग पारपाचुके गरेकी एक फिलिपिनी ४० वर्षे महिला दुई हप्ताको अन्तरमा उनको कोठामा आउँथिन्। अर्घाखाँचीका साथी खुबै खातिरदारी गरेर उनको सेवा टहल गर्थे, आफ्नीलाई रच्ने खाना-खाजा अनलाइनमार्फत अर्डर गर्थे। उनीसँगै कोठा स्यर गर्ने मोरङका साथी त्यस रात हाम्रो कोठामा पाहुना लाग्थे। साँझ ढल्दै जाँदा अर्घाखाँचीका युवाका कोठामा हाँसिमजाक र उन्माद चल्थ्यो। हामी यता कोठामा बसेर त्यसबारे अनुमान गर्थ्यौँ।

मोरङका युवा भने आफ्नो प्रेम र यौन जीवनका कुरा खुलेर गर्थे। कुनै एक दिन कम्पनीबाट कामबाट फर्कने क्रममा 'बेलुका अलि ढिला आउँछु है साथी हो' भनेर हराएका उनी बेलुका त दार्जिलिङकी एक कम उमेरकी युवतीसँग झुल्के। युवतीको साथले मखलेल भएका उनले त्यही अवसरमा हामी साथीहरूलाई सानोतिनो पार्टी दिए। त्यस रात अर्घाखाँचीका युवा हाम्रा कोठामा आश्रय लिन आए। मोरङका युवा र युवतीबीच पल्लो कोठामा उमेरजन्य उन्माद चल्यो। हामीले यता बसेर अनुमान र हाँसिमजाक गर्यौँ।

गुल्मीका युवा भने हल्का लजालु स्वभावका थिए। थोरै बोल्थे। रक्सी भने निर्धक्क पिउने उनी देख्दा मलाई लाग्थ्यो, 'यति लजालु युवकको यस परदेशमा त्यस्तो केही गुप्त सम्बन्ध पक्कै नहोला।' तर एक साँझ तिनी पनि एक फिलिपिनी युवतीसँग झुल्किए। उनले बताएअनुसार एक वर्षदेखि ती युवतीसँग उनको प्यार र 'लसपस' थियो। आफू पनि त्यसै कोठामा बस्ने भएकाले उनको आगमनपछि मैले त्यस रात पल्लो कोठामा जाइदिएर जसोतसो व्यवस्थापन गर्नैपर्यो।

यति भनिसकेपछि तपाईँले पनि मेरोबारे पक्कै सोध्नुहुनेछ। अवश्य पनि, म पनि मान्छे हुँ। उमेरले परिपक्व र यौनको आवश्यकता पर्ने संसारका अरूझैँ मान्छे। मान्छेको प्राकृतिक आवश्यकता र समाजले राखिएका नैतिकता मापदण्डलाई लिएर म आफैँ पनि अन्तर्द्वन्द्वमा फस्ने गरेको छु। युएइमा रहँदा म त्यस्तै अन्तरद्वन्द्वबीच नै बाँचे। कहिले 'पार्टनर' खोज्नेबारे सोचेँ, कहिले यसो गर्नाका अनेकौँ स्वास्थ्यजन्य चुनौती र नैतिक प्रश्न तथा झमेला सम्झेँ। ती सबै कारणले मैले त्यहाँ पार्टनर खोजिनँ। नखोज्दा नै हितकारी देखेँ। यौनको अन्य 'स्वस्थ्य र सर्वसुलभ विकल्प' खोजेँ।

तर यता मोरङका साथीको सम्बन्धबारे घरकी श्रीमतीले थाहा पाइन्। ती युवकसँग सम्बन्धमा रहेकी युवतीमार्फत उनीहरूका सबै गुप्त सम्बन्धका तस्बिर र भिडियोसमेत नेपाल पुगे। त्यति हुँदा पनि युवक भने रोकिनेवाला थिएनन्। कतिसम्म भने उनी नेपालकी २ सन्तानकी आमासँग छोड पत्र गरेरै भए पनि दार्जिलिङकी युवतीसँग बिहे गर्ने कुरा हामीसँग गर्थे, जुन कानुनतः अवैध ठहर्थ्यो र ठहर्छ नेपालमा।

त्यसपछि समेत बेलाबेला आफ्नी विवाहोत्तर साथीसँग झगडासमेत गर्ने उनी अन्य अवसरमा प्रेमालापमा मस्त देखिन्थे। दुबइमा रहुन्जेल कम्पनीबाट लामा बिदा लिएर भए पनि मोरङका युवाले आफ्नो शारीरिक र भावनात्मक आवश्यकता पूर्ति गरिरहे। यही कारणले गर्दा अन्ततः उनले दुबइको राम्रो जागिर छाडेर नेपाल फर्कन बाध्य भए। नेपाल नफर्के जेसुकै हुनसक्ने उनकी श्रीमतीको धम्कीपछि उनी नेपाल फर्के।

म अहिले दुबईमै छु। मैले मेरी जीवनसंगीनीलाई यहीँ बोलाएको छु। हामी दुवै फरक कम्पनीमा काम गरिरहेका छौं र मिलेर भविष्यको योजना बनाउँदैछौं। बेलाबखत लोग्नेस्वास्न

Related Story and Articles

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

श्रमिक: मेसिन कि मानव पुँजी?

श्रमिक: मेसिन कि मानव पुँजी?

फेरि आयो यूएईमा मोबाइल वार्निङ!

फेरि आयो यूएईमा मोबाइल वार्निङ!

मैलो श्रमिक, सुकिलो श्रमिक

मैलो श्रमिक, सुकिलो श्रमिक

‘नारायणहिटी’को राहदानी विभागः सर्वसाधारणलाई हैरान र सकस

‘नारायणहिटी’को राहदानी विभागः सर्वसाधारणलाई हैरान र सकस

Get In Touch

Kathmandu, Nepal
+977-1-5915740
+977-9851322853
info@shramiksanjal.org
shramik.sanjal@gmail.com

Embassy of Nepal

  • Doha, Qatar
  • Abu Dhabi, UAE
  • Kuwait City, Sate of Kuwait
  • Riyad, Saudi Arabia
  • Muscat, Oman
  • Manama, Bahrain
  • Kuala Lumpur Malaysia

Useful Links

  • Foreign Employment Board
  • Ministry of Employment Labor and Social Security
  • Department of Foreign Employment
  • National Human Rights Commission
  • Department of Consular Services
  • Social Security Fund

Newsletter

Don't miss the latest news

Signup For Our Latest Updates and Newsletter

Copyright ©2026 Shramik Sanjal, All rights reserved.