Logo
  • Home
  • Our Movement
    Organizing
    Organizing
    Direct Support
    Direct Support
    Empowerment
    Empowerment
    Representation
    Representation
  • Our Voices
    Report
    Report
    Purano Panna
    Purano Panna
    Photo Story
    Photo Story
    Story & Articles
    Story & Articles
    Videos
    Videos
    Statements
    Statements
  • Join Us
    • Become Member
    • Career
  • About Us
    Vision Mission and Values
    Vision Mission and Values
    How we evolve?
    How we evolve?
    Our Network
    Our Network
    Shramik Chautari
    Shramik Chautari

लौ सुन म भन्छु मेरो रामकहानी

January 13, 2026
Sadbhav Nepali
लौ सुन म भन्छु मेरो रामकहानी

आजभन्दा त्यस्तै १५ वर्षअघि म अरबको कुनै देशमा रोजगारीका लागि पुगेको थिएँ। हवाईजहाज चढेर डाँडाकाँडा नाघ्दै नौ डाँडा पारीको देशमा पुग्ने कुराले उतिखेर मनमा जति रोमाञ्चकता थियो, उति नै दुःख लाग्थ्यो, घरका बुढा बाउआमालाई छाडेर विदेश जानुपर्नाका बाध्यताले। देशले मलाई नागरिकता दिइसकेको भएपनि मेरा घरका लागि म सबैभन्दा आलोकाँचो थिएँ, कान्छो थिएँ। दाइसँगै एक दिनको बाटो यात्रा तय गराएर सदरमुकाम पुगेर, उतै होटेलमा बसेर भोलिपल्ट बल्लतल्ल पासपोर्ट हात पारेको थिएँ। पासपोर्ट हात पर्दा अब त फ्याट्टै हवाईजहाज चढिन्छ भन्ठानेको थिएँ। तर त्यसपछि पनि प्रतीक्षाको लामो घडी र ठुलो खर्चले मात्र बल्लतल्ल घरेलु कामदारका रूपमा म अरबको कुनै देश पुगेँ।

तलब उति राम्रो नभए पनि म काम गर्ने ठाउँका मालिक मालिक्नी मिजासिला थिए। तिनका चिटिक्क परेका तीन वटा बच्चा थिए। नियमितजसो तलब आउन थालेपछि यता घरमा पैसा पनि पठाउन थालें। "सानीले सानै उमेरमा परिवारलाई सहयोग गर्न थाली" भनेर घरपरिवार पनि खुसी भए।

म काम गर्ने घरमा तीन बालबच्चा, तिनका बाआमा र एउटी बुढी हजुरआमा थिए। सिंगो घरपरिवारको सरसफाइ मेरो जिम्मा थियो। नजिकैको ग्रोसरीबाट तरकारी फलफूल र अनाज आदि ल्याउने काम पनि मेरै थियो। पकाउने तुल्याउने बंगाली अधबैँसे थिइन्। उतिखेर म १८ उमेरकी थिएँ। पूर्वी नेपालको पहाडमा जति नै दुःखमा हुर्केकी भए पनि म पनि मान्छे थिएँ, मेरा पनि उमेरजन्य रहर हुर्कँदै थिए।

हामीले प्राय: सामान ल्याउने ग्रोसरी एउटै थियो। खास विशेष अवसरमा म काम गर्ने परिवार सहरभन्दा अलि परको ठुलो सहरसम्म पुगेर सामान ल्याउँथ्यो। नियमित जाने गरेका कारण नजिकको ग्रोसरी पसल मेरा लागि विशेष चिनजानको थियो। त्यहाँको साहुबाहेक चार जना कामदार थिए। एक जना नेपालको, दुई जना फिलिपिन्सको र एक जना सिक्किम (भारत) को। उसको र मेरो थर मिल्थ्यो, तर थर मिले पनि हामी फरक जातका थियौं। थर एउटै हुनु र जात अलग हुनुले मात्रै नभएर हामी दुवैले बोल्ने मातृभाषा पनि एउटै भएकाले हामीबीच बिस्तारै सामीप्य बढ्न थाल्यो।

उ सम्भवतः उमेरमा मभन्दा १० वर्ष जेठो थियो। पूर्वी पहाडको म र सिक्किमको उबीच धेरै कुरामा समानता थियो। मात्र हामी फरक लिंगका थियौं। आजको यो दुःखको कथा त्यही फरक लिंगको हुनुको कारणले लेखिएको छ। सामान किन्न जाने क्रममा कहिले उ भित्तो पुछिरहेको हुन्थ्यो, कहिले सामान भित्र्याइरहेको हुन्थ्यो। म देख्नेबित्तिकै बोल्न खोज्थ्यो। म पनि बिस्तारै उ कता छ भनेर चियो गर्न थालेको थिएँ। उ मभन्दा जेठो भएपनि कलिलै देखिन्थ्यो। सोही ग्रोसरीमा काम गर्ने अरूले पनि मसँग बोलचाल गर्न खोजेकै थिए। तर म अरूप्रति खासै आकर्षित थिइनँ। बिस्तारै यो मान्छेप्रति मेरो आकर्षण बढ्यो।

म साहुकहाँ काम गर्थें, उ पसलबाट १५ मिनेट टाढा कोठा सेयर गरेर बस्ने गर्थ्यो। गफिँदै जाँदा एकदिन उसले नजिकैको पार्कमा शुक्रवार घुम्न जान भन्यो। म त फुरूङ्गै भएँ, तर आएको ६ महिना भइसक्दा म साहुको अनुमति या उपस्थितिबिना बाहिर गएको थिइनँ। अर्को शुक्रवार म कुरा मिलाउँछु भनें। साहुनीलाई नेपाली केटी साथीसँग पार्क जाने भनेर ढाँटें र हामी घुम्न निस्कियौं।

गाउँमा कामैले लखतरान हुने मैले कुनै पुरुषको यति निकट साथ पाएको थिइनँ। हामी पार्कमा गयौं। उनले स्न्याक र कोल्डड्रिंक्स ल्याएका थिए। उनले रोमान्टिक हुन खोजे। बाटामा मेरो हात र कम्मर समातेर हिँड्न खोजे। मलाई असहज भयो, तर मन परेकै थिए।

हामी नेटमा भेटिन थाल्यौं। उनले ‘आइलभ्यु’ भन्दैमा म लठ्ठन थालें। धेरैजसो ग्रोसरीमै भेटिन्थ्यौं। म उसको प्रेममा परेको थिएँ, थाहा छैन उ प्रेममा थियो या वासनामा।

एक शुक्रवार उसले पार्कमा नभई ड्रोमिटरीमा जान आग्रह गर्‍यो। मन परेको मान्छे भएकाले म गएँ। हामीले खाजा खायौं। पहिलोपटक पुरुषको अँगालोमा बाँधिएँ। उनले शारीरिक सम्पर्कको अनुरोध गरे। मैले बिहेपछि मात्र उचित हुन्छ भनें। उ रिसायो र हामी छुट्टियौं।

पछि फेरि बोल्यौं। उसले फेरि बोलायो। मैले भविष्यबारे सोधें। उसले “तिमी मेरी श्रीमती हौ” भनेर आश्वस्त बनायो। हामी एकान्तमा बस्यौं।

केही समयपछि मेरो महिनावारी रोकियो। टेस्ट गर्दा गर्भवती भएको थाहा भयो। म आत्तिएँ। उसले “सबै मिलाउँछु” भन्यो। तर त्यसपछि उ हरायो। फोन उठेन। ड्रोमिटरी पनि सरेछ।

मसँग कसैलाई भन्न हिम्मत भएन। नेपाल फर्केर गर्भ फाल्ने सोचें, तर पैसा थिएन। अन्ततः नेपाल फर्किएँ। घर जान सकिनँ। काठमाडौँमै बसें।

गेस्टहाउस बसेँ, काम खोजें। मेडिकलमा सोध्दा गर्भपतनको धेरै पैसा लाग्ने रहेछ। सकिनँ। अन्ततः बच्चा जन्माउने निर्णय गरें।

अहिले म काठमाडौँको एउटा अँधेरो कोठामा बस्छु। छोरा सात वर्षको भयो। सरकारी स्कुलमा पढाउँछु। पहिले सडक पेटीमा साग बेच्थें। अहिले घरमै धूप बनाउने काम गर्छु। मासिक आम्दानी करिब १२ हजार छ। मेरा दुःखका कथा धेरै छन्, कहिले भेट भयो भने सबै सुनाउनेछु।

Related Story and Articles

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

श्रमिक: मेसिन कि मानव पुँजी?

श्रमिक: मेसिन कि मानव पुँजी?

फेरि आयो यूएईमा मोबाइल वार्निङ!

फेरि आयो यूएईमा मोबाइल वार्निङ!

मैलो श्रमिक, सुकिलो श्रमिक

मैलो श्रमिक, सुकिलो श्रमिक

‘नारायणहिटी’को राहदानी विभागः सर्वसाधारणलाई हैरान र सकस

‘नारायणहिटी’को राहदानी विभागः सर्वसाधारणलाई हैरान र सकस

Get In Touch

Kathmandu, Nepal
+977-1-5915740
+977-9851322853
info@shramiksanjal.org
shramik.sanjal@gmail.com

Embassy of Nepal

  • Doha, Qatar
  • Abu Dhabi, UAE
  • Kuwait City, Sate of Kuwait
  • Riyad, Saudi Arabia
  • Muscat, Oman
  • Manama, Bahrain
  • Kuala Lumpur Malaysia

Useful Links

  • Foreign Employment Board
  • Ministry of Employment Labor and Social Security
  • Department of Foreign Employment
  • National Human Rights Commission
  • Department of Consular Services
  • Social Security Fund

Newsletter

Don't miss the latest news

Signup For Our Latest Updates and Newsletter

Copyright ©2026 Shramik Sanjal, All rights reserved.