Logo
  • Home
  • Our Movement
    Organizing
    Organizing
    Direct Support
    Direct Support
    Empowerment
    Empowerment
    Representation
    Representation
  • Our Voices
    Report
    Report
    Purano Panna
    Purano Panna
    Photo Story
    Photo Story
    Story & Articles
    Story & Articles
    Videos
    Videos
    Statements
    Statements
  • Join Us
    • Become Member
    • Career
  • About Us
    Vision Mission and Values
    Vision Mission and Values
    How we evolve?
    How we evolve?
    Our Network
    Our Network
    Shramik Chautari
    Shramik Chautari

परदेशमा किन र कसरी हराउँछन् नेपाली?

January 16, 2026
Hari Krishna Neupane
परदेशमा किन र कसरी हराउँछन् नेपाली?

फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो भाइ मलेसियाबाट जनवरी ६ तारिकदेखि हराइरहेका छन्, खोजीको लागि सहयोग गरिदिनु पर्‍यो ।’ हामीले उहाँसँग बुझ्दै जाँदा उहाँका भाइ, बैतडी पुचौंडीका २१ वर्षीय धीरेन्द्र महरा करिब १ वर्ष अघि काममा लागी मलेसिया जानुभएको रहेछ । मलेसियाको जोहरबारुमा बिस्कुट कम्पनीमा काम गर्दागर्दै उहाँको मानसिक अवस्था बिग्रियो । धीरेन्द्रको काकाको छोरामार्फत उहाँको बिग्रँदो स्वास्थ्य अवस्थाबारे धीरेन्द्रको श्रीमती र परिवारलगायतलाई जानकारी गराइयो । धीरेन्द्रले परिवारसँग फोनमा पनि कम बोल्ने र सोधेको प्रश्नको सिधा उत्तर नदिने अवस्था आएपछि उहाँ मानसिक रूपमा बिरामी भएको आफन्तजनले ठहर गरे।

धिरेन्द्रलाई कम्पनीले पनि डिसेम्बर १८, २०२३ देखि 'सस्पेन्ड' (काममा नलगाउने) कोटीमा राख्यो । क्रमशः उहाँको स्वास्थ्य अवस्था झनै बिग्रियो । कम्पनीले धिरेन्द्रलाई अस्पताल पठाउनुको साटो घर पठाउनेबारे डिसेम्बर २७ मा घरमा खबर गर्‍यो । खबर गर्ने क्रममा घर पठाउने कारण सोध्दा "धीरेन्द्र मेडिकल फेल भएको" बताइयो । धीरेन्द्रका दाइ देव भन्नुहुन्छ,"कम्पनीले केही मानसिक रूपले बिरामी भाइलाई समयमै उपचार गरेको भए यस्तो घटना घट्ने थिएन । कम्पनीले भाइलाई उपचार गराइ सहयोग गर्नुको साटो सस्पेन्ड गरी कोठामै राख्यो । भाइ कोठामा बस्दाबस्दै झनझनै कमजोर हुँदैगयो । कम्पनीले १ पटक पनि अस्पताल नलगी घर पठाउने बतायो । हामीले त्यहीँ उपचार गराउन वा पठाए पनि कसैको साथमा पठाउन अनुरोध गर्यौं । तर कम्पनीले त्यसो गरेन। कम्पनीको ड्राइभरले एयरपोर्ट लगेर छोडेको र भाइ त्यहाँको अध्यागमनमा गएको रेकर्ड भेटिएन । उनी कम्पनीमा पनि गएका थिएनन् र कोही कसैसँग सम्पर्कमा पनि थिएनन् ।’

यता धिरेन्द्रको श्रीमतीलगायत परिवार उहाँको स्वास्थ्य अवस्था तथा अहिले कुन अवस्थामा कहाँ छन् भन्ने तनावमा हुनुहुन्थ्यो । उहाँहरूले गाउँपालिकामार्फत सम्बन्धित निकायलाई सहयोगका लागी हारगुहार गरे । यता काठमाडौँमा रहेका धिरेन्द्रका काकाको छोरालाई कन्सुलर सेवा विभागमा सबै कागजातसहित खोजीका लागी अनुरोध पत्र बुझाउन श्रमिक सञ्जालले सहजीकरण गर्‍यो ।

कन्सुलर सेवा विभागले मलेसियाको नेपाली राजदूतावासलाई धिरेन्द्रको अवस्था तत्काल बुझ्न परिपत्र गरेपछि नेपाली राजदूतावासले मलेसियाको अध्यागमन र सिआइडी प्रहरीसँग उनको अवस्था बुझ्न अनुरोध गर्‍यो । करिब २ हप्ताको खोजतलासपछि धिरेन्द्र प्रहरीको नियन्त्रणमा रहेको भन्ने जानकारी आएको विभागका महानिर्देशक प्रकाशमणि पौडेलले बताउनु भयो । धिरेन्द्र आवश्यक कानुनी प्रक्रिया पूरा गरी अप्रिलको पहिलो हप्ता नेपाल आउनु हुने भएको छ । उहाँ थप्नुहुन्छ, "विभागमा विदेश गएर यसरी विविध कारणले हराउने वा परिवारबाट सम्पर्कविहीन हुनेहरूको खोजी तथा उद्धारका लागी अनुरोध आउने गरेको छ । हामीले नेपाल सरकारको परराष्ट्र मन्त्रालय मार्फत वा सम्बन्धित देशका राजदूतावासमा सिधै यस्ता समस्यामा तत्काल सहजीकरण गर्न परिपत्र गर्ने गरेका छौँ । गत वर्ष (२०७९/८०) मात्र ८४ जना श्रमिकका परिवारले खोजी तथा उद्धारका लागी विभागमा उजुरी दिएका थिए ।"

मोबाइल हराएकै कारण व्यक्ति हराए

कतारमा कार्यरत लमजुङका एक युवाले श्रमिक संजालको फेसबुक पेजमा वडा र गाउँपालिकाले जो जससँग सम्बन्धित छ भन्ने आशयको पत्र र फोटो पठाउँदै म्यासेज गरे । उक्त पत्र पढिसकेपछि थप बुझ्न हामीले उहाँलाई मेसेज गर्‍यौं। झन्डै एक दशकदेखि वैदेशिक रोजगारीमा मलेसिया पुगेका उनका एक जना आफन्त विगत २ वर्षदेखि घरको सर्म्पकमा रहेनछन् । घरमा आमा एक्लै र त्यसमाथि बिरामी परेपछि छोरीको रेखदेखमा रहनु भएको कारण छोराको खोजीमा आमा काठमाडौँसम्म आउने सम्भव नभएपछि वडा र गाउँपालिकाको सहयोगमा खोजिकार्य गरिदिन सिफारिस पत्र बनाई छरछिमेकको सहयोगमा सामाजिक सञ्जालमा उक्त पत्र पोस्ट भयो ।

कतारमा रहेका उनले हामीलाई पनि खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेपछि हामीले मलेसियाको नेपालीमाझ चर्चित एक फेसबुक पेजलाई उक्त मेसेज र फोटो फरवार्ड गर्यौं । उहाँहरूले भेरीफिकेसनपछि पोस्ट गर्नुभयो। उक्त पोस्टकै आधारमा लमजुङका ती युवा फेला परे र घरपरिवारको सम्पर्कमा आए । हामीले पछि उनको घरपरिवार र हामीलाई मेसेज गर्ने कतारका युवालाई सम्पर्क गर्यौं । उनीहरूका अनुसार ती युवाले आफ्नो मोबाइल हराएको र त्यस कारणले आफूले घरमा सम्पर्क गर्न नसकेको र अहिले तत्काल घर फर्कन आफूसँग पैसा नभएकाले अरू एक दुई वर्ष घर नफर्कने र आफ्नो बारे पिर चिन्ता नलिन आग्रह गरेको बताए ।

विदेशमै बिहे गरेर सम्पर्क विहीन

तनहुँ घर भएका विकास तामाङ कुवेत गएको १६ वर्ष भयो । अन्तर्जातीय प्रेमविवाह गरी श्रीमती र चार महिनाको छोरी काठमाडौँमा राखेर कुवेत जानु भएका विकासलाई सुरुमा भनेअनुसार काम र दाम मिल्यो । हल्का सवारी चालकको काम गर्दै कुवेतको एक चर्चित सपिङ सेन्टरमा काम सुरु गर्नु भएका विकासले कुवेत पुगेको ८ महिनासम्म परिवारसँग नियमित फोन गर्दै यता मासिक खर्च पठाउनु भयो । तर ८ महिनापछि उहाँ एक्कासि सम्पर्कविहीन हुनुभयो । फोन पनि नलाग्ने भयो र सामाजिक सञ्जालमा पनि सम्पर्क हुन नसकेपछि विकासको श्रीमती रबिना क्षेत्रीलाई तनाव हुनथाल्यो । उहाँले विकासको खाजीका लागी नेपालका सबै सम्बन्धित निकायमा हारगुहार गर्नुभयो । तर कतै केही पत्ता लागेन । घर–परिवारसँग सम्पर्क नभएको करिब २ वर्षपछि विकासको साथीमार्फत पत्ता लाग्यो कि विकास एक विदेशी महिलासँग विवाह गरेर बस्नुभएको रहेछ।

अन्तर्जातीय प्रेम विवाहका कारण घर, माइती र मावलीबाट कुनै सहयोग र आड भरोसा नपाउनु भएकी रबिनाले इन्द्रचोकमा तरकारी पसल चलाउँदै आउनु भएको छ । छोरी ९ कक्षामा पढ्नुहुन्छ । रबिना भन्नुहुन्छ, "लामो समयदेखि श्रीमान् बेखबर भएको, उहाँले हामीलाई जानेरै दुःख दिनु भएकोले अब त फेरी मिल्ने आशा पनि मरिसक्यो । अन्धो प्रेम र कसैको पनि सहमति नलिई अन्तर्जातीय विवाह गरेका कारण कहीँबाट केही सहयोग पाउन नसके पनि आफ्नै दुःखमा रमाउँदै आएको छु । छोरीलाई पढाउँदै र उसकै मुख हेरेर जसोतसो निर्वाह गरिरहेकी छु ।" उहाँ थप्नुहुन्छ, "आफ्नै मान्छेले नचाहेपछि र धोका दिएपछि कसको के लाग्छ र? अहिले त सुनेअनुसार उहाँले विदेशी श्रीमतीकै माइतीमा जग्गासमेत किन्नु भएको छ रे । सायद उहाँ नेपाल आउनु हुन्न होला ।"

विदेशमा जेल परेपछि परिवारको बिछोड

भोजपुरका समीर शाही १४ वर्षअघि मलेसिया जानुभयो । उहाँले मलेसियामा भनेअनुसार काम र सेवासुविधा पाउनु भयो । करिब ३ वर्षसम्म परिवारसँग नियमित सम्पर्कमा रहनुभयो । एक छोरो र गर्भवती श्रीमती अनि बुवा–आमा छोडेर जानु भएका समीरले एक शुक्रवार गाउँको टेलिफोन बुथमा खबर गरे," भोलि श्रीमतीलाई छोरीसहित फोनमा कुरा गर्न बोलाई दिनु होला ।" तर त्यस दिन उहाँको फोन आएन । उहाँको मलेसियाको नम्बरमा कल गर्दा पनि फोन लागेन । त्यसपछि उहाँ एकाएक परिवारबाट सम्पर्कविहीन हुनुभयो । समीरलाई खोज्न उहाँको श्रीमती (पार्वती)ले सबै सरकारी निकायमा गुहार्नुभयो । कहीँ कतै केही खबर मिलेन । पार्वतीलाई श्रीमान् बेखवर भएपछि गाउँ बस्न पनि मन लागेन । उहाँ छोराछोरी काखी च्यापेर एक जना गाउँले साथीसँग काठमाडौँ आउनुभयो । सम्भावना भएसम्म श्रीमान् खोज्ने प्रयास गरिरहनु भयो, तर कहीँबाट केही तथ्य पत्ता लागेन । त्यसपछि एक स्कुलमा काम गर्दै छोराछोरी पढाउँदै पार्वती जीवन गुजार्दै हुनुहुन्थ्यो ।

उहाँलाई एक साँझ करिब ८ बजे गाउँबाट पल्लोघरकी जेठानी दिदीले कल गर्नुभयो । त्यस कलमा त उहाँको श्रीमान् पो बोल्नुभयो । पार्वती अचम्मित हुनुभयो । त्यसको भोली पल्ट नै समीर काठमाडौँ आउनुभयो । करिब १४ वर्ष पछिको पारिवारिक मिलन चमत्कारजस्तै थियो । पार्वती त्यो पारिवारिक पुनर्मिलनबारे भन्नुहुन्छ, "मैले त करिब करिब उहाँलाई माया मारिसकेको थिएँ । छोरीले त बुवालाई देखेकी थिइनन्, छोराले पनि बुवाको अनुहार बिर्सिसकेको रहेछ । हामी छक्क अनि मक्ख पर्यौं ।" पार्वती थप्नुहुन्छ, "उहाँ परिबन्दमा परेर विदेशमा जेल पर्नुभएछ । त्यो समयमा हामीसँग अचेलजस्तो मोबाइल थिएन । उहाँलाई पनि सम्पर्क गर्न दिइएनछ । एक्कासि २० वर्षको जेल (दिनरात जोड्दा १० वर्ष) सजाय काटेपछि उहाँलाई जेलबाट सिधै नेपाल पठाइएछ । उहाँलाई हामी कहाँ छौँ भन्ने थाहा नहुँदा सिधै गाउँको घर जानुभएछ । गाउँमा पनि सबै चकित भएछन् । ससुरा बाको स्वर्गारोहणपछि सासुआमा पनि हामीसँगै यतै बस्नुहुन्थ्यो । भोली पल्ट उहाँ काठमाडौँ आउनुभएपछि यतै बुवाको अन्तिम काजक्रिया गरियो । अहिले हामी खुसीका साथ सबै सँगै बसेको १ वर्ष हुन लाग्यो ।’

विश्लेषण

१३ वर्षयता मलेसियामा कार्यरत दाङका शेरबहादुर खत्रीको बुझाइअनुसार त्यहाँ पुग्ने नेपालीले धेरै पैसा कमाउने उद्देश्य राख्ने र उद्देश्य पूरा नहुने देखेपछि कम्पनी छाडेर अन्यत्र काम गर्ने, त्यसरी अन्यत्र काम गर्दा रोजगारदाताले सुरुका केही समय तलब सुविधा उपलब्ध गराउने र पछि भने लामो समयसम्म तलब सुविधा नदिने गर्छन्। आफूले काम गरेको ज्याला माग्दा उल्टै पुलिस बोलाइदिने धम्की पाउने र फेरी अर्को काम खोज्नतिर लाग्ने अवस्था आइपर्छ। यस्ता तनावका कारण कतिपय युवा दुर्व्यसनतिर लाग्छन् भने कोही विदेशी महिलासँग 'लिभीङ टुगेदर'मा बस्छन्।

त्यस्तै, कतिपय व्यक्ति पक्राउ परिने डरले जोखिमयुक्त काम गर्न दुर्गम क्षेत्र पुग्ने र त्यहाँ आधारभूत आवश्यकताका सामान पाइने पसल सहजै नपाइने हुँदा रिर्चाजकार्डसमेत नपाइने, समय समयमा पैसा घर पठाउन नसक्दा घरपरिवारसँग सम्बन्ध बिग्रने, कागजातविहीन अवस्थामा पक्राउ पर्ने तथा बिरामी भएर लामो समयसम्म अस्पतालमा बिरामी पर्ने आदि कारणले पनि कतिपय व्यक्ति घरपरिवारको सर्म्पकमा आउन नसक्नुको कारण हो ।

वैदेशिक रोजगार विभागका सूचना अधिकार कविराज उप्रेती भन्नुहुन्छ, "विभागमा २०७९/८० मा चारहजार चार सय चौसट्ठी जना श्रमिकका परिवारले खोजी, राहत तथा उद्धारका लागी निवेदन दिनुभएको छ, जसमा विभिन्न देशमा गएर हराएका मात्र होइन, समस्यामा परेका र केही बिरामी परेकाल...

Related Story and Articles

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

देशका आधारमा श्रमजीवीको हाइरार्की! अब भाष्य बदलौँ

श्रमिक: मेसिन कि मानव पुँजी?

श्रमिक: मेसिन कि मानव पुँजी?

फेरि आयो यूएईमा मोबाइल वार्निङ!

फेरि आयो यूएईमा मोबाइल वार्निङ!

मैलो श्रमिक, सुकिलो श्रमिक

मैलो श्रमिक, सुकिलो श्रमिक

‘नारायणहिटी’को राहदानी विभागः सर्वसाधारणलाई हैरान र सकस

‘नारायणहिटी’को राहदानी विभागः सर्वसाधारणलाई हैरान र सकस

Get In Touch

Kathmandu, Nepal
+977-1-5915740
+977-9851322853
info@shramiksanjal.org
shramik.sanjal@gmail.com

Embassy of Nepal

  • Doha, Qatar
  • Abu Dhabi, UAE
  • Kuwait City, Sate of Kuwait
  • Riyad, Saudi Arabia
  • Muscat, Oman
  • Manama, Bahrain
  • Kuala Lumpur Malaysia

Useful Links

  • Foreign Employment Board
  • Ministry of Employment Labor and Social Security
  • Department of Foreign Employment
  • National Human Rights Commission
  • Department of Consular Services
  • Social Security Fund

Newsletter

Don't miss the latest news

Signup For Our Latest Updates and Newsletter

Copyright ©2026 Shramik Sanjal, All rights reserved.