
मेरो बाल्यकाल गाउँघरमा दुखसुख नै बित्यो, एस।एल। सी पश्चात +२ देखि स्नातक सम्म गाऊबाट नजिकैको सहर विराटनगरमा बसेर पढे ।नेपालमा रहँदा शिक्षा क्षेत्रमा स्नातक तह पुरा गरेर केही समय शिक्षणमा व्यस्त थिए। मलाई आफ्नै देशमा शिक्षा क्षेत्रमा केही गर्ने अठोट थियो तर जीवनमा सोचेका, देखेका सबै सपनाहरू क पुहाँ रा हुदाँ रहेछन् र। २०१४ बाट मैले वैदेशिक यात्रा कुवेतबाट सुरु गरेको थिए, मेरो श्रीमान कुवेतमा कार्यरत हुनु भएकोले मेरो वैदेशिक यात्राको सुरुवात कुवेतबाट भएको थियो। दुखसुख सँगै जिउला भन्ने नयॉ सोच विचार बोकेर म नेपालबाट कतार एयरलाइन्स बाट कतार ट्रज़िट हुँदै कुवेत पुगे।
नेपालमा डोमेस्टिक फ्लाइट पनि नचढेको म फ्लाइटको अनुभव नहुदाँ एक्लै यात्रा गर्दा केही कठिनाइहरू भएका थिए । कुवेत एयरपोर्ट पुग्दा अनौठो लागेको थियो, सेतो र कालो लामो लामो कपडा लाएका फरक भाषा बोलिरहेको सुन्दा कता कता मन आतिएको थियो, सबै कुराहरू नौलो लागिरहेको थियो भने श्रीमानसँगको मिलनले अर्को खुशी छाएको थियो।
जुलाई महिना कुवेतको गर्मीले गर्दा लागेको थियो धेरै बस्न सिक्दिन होला छिटै घर फर्कन्छु होला भनेर तर बाध्यता र विवशताले गर्दा चाँडै आफ्नो देश फर्कन कहॉ सकिदो रहेछ र। एयरपोर्ट बाट बाहिर निस्कँदा आगोको रापले पोले जस्तो महसुस भयो। रमादानको समय भएकाले सबै रेस्टुरेन्टहरू बन्द थिए खाना खान समेत गारो भएको थियो, कोठामा सबै सामानहरूको व्यवस्था भएको पनि थिएन। पहिलो वैदेशिक यात्रा नयाँ देश, नयाँ नियम कानुनले गर्दा धेरै दिन सम्म अलमलिए जस्तो भएको थियो। अत्याधिक गर्मीले गर्दा अरबका घरहरू कोठामा न बाहिर हेर्न झ्यालहरू नै खुल्ला हुन्थे त्यसरी नै बनाइएका हुदा रहेछन् घरहरू ।धेरै दिनहरू त सारै नरमाइलो लागेको थियो । पहिलो परदेशी जीवनको भोगाइले माइती घरको याद, चाडपर्व, गाउँघरको यादले गर्दा धेरैपटक भावुक बनाएको थियो।
अब केही काम गर्नुपर्छ भनेर धेरै तिर बुझे, श्रीमानले सँधै लोकल पत्रिका ल्याउनुहुन्थ्यो एक दिन पत्रिका पढ्दै गर्दा एक विधालयमा शिक्षक सहयोगीका लागी विज्ञापन रहेछ र त्यो नम्बरमा फोन गरेर सबै बुझे फोनबाट नै इंटरव्यू भयो म सेलेक्ट भए ३ दिन डेमो क्लासको लागी बोलाइयो, ३ दिनको डेमो क्लासबाट प्रिन्सिपलको मन जित्न सफल भएपछि त्यसै विधालयमा काम सुरु गरे। नेपालमा शिक्षण गरेको अनुभवका कारण शिक्षण गर्न कुनै कठिनाई थिएन् फरक भाषागत समस्या रहेको थियो। लोकल एरियाको विधालय भएका कारण साना विधार्धीहरू अरबिक मात्र बोल्थे उनिहरूलाई अगंरेजिमा शिक्षण गर्न सारै गारो हुन्थ्यो।
त्यसरी नै कामहरू सुचारू रहयो विधालयको समय ७-१ भएकाले मेरा लागी समयको अभाव थिएन। एक ब्यूटिसियन उहॉ सिरियाको हुनुहुन्थ्यो उहॉको एक छोरालाई दैनिक होम ट्यूसन पढाउन भनेर फेरि अर्को अवसर आयो दिनको २ घण्टा विधालय बाट फर्किएर खाना खाएर रेस्ट पश्चात पुन ट्युसन पढाउथे। मासिक ट्युसनको ७० केडी दिइन्थ्यो।मेरो लागी राम्रो अवसर थियो। विधालयमा काम गर्न पर्ने भएकाले मैले अरबिक भाषा पनि सिक्नुपर्ने आवश्यकता ठानेर कुवेतमा छदॉ ३ महिना आई पि सि सेन्टर बाट अरबिक भाषा लेभल(१ पनि सिके त्यसले गर्दा भाषागत कठिनाईमा केही सहजता भयो।यसरी नै ६,७ महिना बित्दै गयो मेरो श्रीमानले कुवेतबाट नै यूएईको एक कम्पनिमा राम्रो अवसर पाउनु भयो त्यसपछि श्रीमान यूएई जानुपर्ने भएकाले म नेपाल फर्किए।कुवेत रहदाँ मैले घरेलू महिला कामदार दिदि बहीनीको अवस्थालाई नजिकबाट नियालेको थिए। मैले ट्युसन पढाउने घरमा प्रत्येक महिना जस्तो घरेलू कामदार महिलालाई चेन्ज गरिन्थ्यो कुनै महिना फिलिपिनो हुन्थे कुनै महिना युगान्डा, यसरी मैले ५ महिना ट्यूसन पढाउँदा ४,५ जना नै परिवर्तन गरेको देख्दा सारै दुख लागेको थियो। म जादॉ सँधै उनले चिया, नास्ता बनाएर खुवाउथिन कहिलेकाही आफ्नो दुखसुखको कुरा नि सुनाउने गर्थिन आफ्नी सानी ५ बर्षकी छोरीलाई घरमा छोडेर आएका कारण छोरीको यादले सताएको भनेर कहिले काही भक्कानिएर रून्थिन।म ट्यूसन पढाउँन सँधै जाने भएकाले उनले मलाई दुखसुख सुनाउँथिन यहॉ बस्न मन छैन तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले केही वर्ष बस्नुपर्ने बाध्यता छ भन्थिन्।यसै गरी म बस्ने घरमा नै एउटा सानो कोठामा एक एजेन्सीले ८,१० जना घरेलू कामदारहरूलाई राखेको देख्दा सारै नराम्रो लाग्थ्यो।
उनीहरूले सामान्य बिरामी हुदाँ औषधि उपचार पनि पाउदैन थिए।उनीहरूलाई डिमान्ड अनुसार फरक फरक घरमा काम गर्न पठाउने कहिले ल्याउने, लाने कुनै फिक्स काम र तलब हुदैन् थियो। अहिले सम्म पनि घरेलू कामदारहरूका निम्ति उल्लेख्य परिवर्तन हुन नसकेका कारण कयौ समस्याका बाबजुत पनि काम गर्नु पर्ने बाध्यता रहेको छ।
मुख्य र सबैभन्दा ठूलो समस्या भनेको उनीहरूको आवाज सुन्ने कुनै एजेन्सी छैन, किनभने उनीहरू आफ्नो आवाजलाई बाहिर ल्याउन डराउँछन् र उनीहरूले आफ्ना मुद्दाहरू सही रूपमा उठाउन सक्दैनन्। विशेष गरी घरेलु कामदारहरू गरिब, वञ्चित र तल्लो वर्गका छन् र उनीहरूसँग न त शक्ति छ, न बोल्ने स्वतन्त्रता छ। यस्तो अवस्थामा रोजगारदाताले सस्तो र सजिलै उपलब्ध हुने श्रमको शोषण गर्छ ।
धेरैजसो अवस्थामा घरेलु कामदारले राम्रो पारिश्रमिक वा राम्रो कामको वातावरण पाउँदैनन्, नियमित काम गर्ने घण्टा छैनन्, उनीहरूले कार्यस्थलमा हिंसा, दुर्व्यवहार, यौन उत्पीडनको सामना गर्नुपर्ने हुन्छ। कल्याणकारी योजनाहरूको अभाव छस उनीहरू अगाडि बढ्ने अवसरको अभाव जस्ता ठूला समस्याहरूको सामना गरिरहेका छन्।
नेपालले सन २०१७ देखि घरेलु कामदार लाई खाडि लगायतका मुलुकमा लैजान प्रतिबन्ध लगायो । प्रतिबन्धका बावजुत पनि सयौं धरेलु श्रमिकहरु तेश्रो मुलुक हुँदै खाडि पुगि नै रहे । अबैधानीक बाटो हुँदै पुगेका त्यस्ता श्रमिकहरु अफ्ठेरोमा परेको बेलामा राज्य संयन्त्रले समेत उनिहरुलाई हेर्दैन । सही सुचानाको अभावमा नेपालबाट धेरै घरेलु श्रमिकहरु मध्य पुर्वका देशहरु पुगिरहेका छन । घरमा काम गर्ने भन्ने बित्तीकै उनिहरुको मनमा उता हाम्रो घर धन्दा गरे जसो सम्झनेहरु यता पुगेपछिको अवस्था अकै हुन्छ । भिन्न रिती रिवाज भाषा संस्कृती प्रबिधी संगको अनुभव नहुनु लगायतले दुख पाउने गर्दछन ।
सबैको अवस्था उस्तै पिडादायी छन भन्ने पनि होइन् । राम्रो घरमा काम गर्ने हरुलाई सेवा सुविधा र व्यावहार पनि राम्रै छ ।
२०१७ यता धेरै घरेलु श्रमिकहरु राम्रो काम र सेवा सुबिधा भएपनि पुन श्रम स्वीकृती नपाउने भएपछि स्वदेश फिर्न नपाएर परिवारवाट टाढिएर बसिरहेका छन । सरकारले घरेलु श्रमिकहरुलाई पुन श्रम स्वीकृत दिने भनेर घोषणा गरेको छ । यसबाट घर परिवार सँग टढिएर रहेका धेरै घरेलु श्रमिकहरु लामो समयको अन्तराल पश्चात परिवार सँग पुर्नमिलन हुने आसले खुसि पनि भए तर गन्तवय मुलुकका कुटनैतिक नियेगहरुले सरकारको निर्देशन अनुसार काम नगर्दा निरास पनि हुनु परेको अवस्था छ ।
नेपाल सरकारले घरेलु श्रमिकलाई पठाउन बन्देज लगाए पछि अहिले क्लीनर कम्पनीको माग पत्र बनाएर संस्थागत रुपमा लैजाने र गन्तव्य मुलुक पुगेपश्चात घरेलु काममा लगाउने गरेको कुराहरु छिटपुट रुपमा आउन लागेको छ यस तर्फ समन्धीत निकाय बेलैमा चनाखो हुनु जरुरी छ ।